आन्दोलनको क्रममा नियन्त्रण रहेका प्रर्दशनकारीलाई चरम यातना
Advertise Here Book Now

असोज १९ //भैरहवा– मधेश आन्दोलनको क्रममा नियन्त्रणमा लिइएका प्रर्दशनकारीलाई प्रहरीले चरम यातना दिने गरेको खुलेको छ । भैरहवाको बेलहियाको झडपको क्रममा पक्राउ परेका रामु यादवले प्रहरीले हिरासतमै चरम यातना दिने गरेको बताएका छन् ।
असोज १८ गते सोमबार बेलहियामा धर्ना बस्न खोज्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीको कमाण्डमा खटेको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका ३ जना प्रर्दशनकारी मध्ये सिनपा ४ बस्ने रामु यादवलाई प्रहरीले हिरासतमै मरणसन्न हुने गरि कुटेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक महेन्द्र यादवले दावी गरेका छन् ।
प्रहरीको कुटाईबाट घाईते यादवको अहिले भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार भइरहेको छ ।
मेडिकल कलेजमा भेटिएको यादवले प्रहरीले आफुलाई नियन्त्रणमा लिए पछि ईलाका प्रहरी कार्यालय बेलहियामा राखी लात, मुक्का, लाठी, बन्दुकको कुन्दा लगायतले लगातार हानेको रातोपाटीलाई बताए । “हिरासतमा लिएको केही समय पछि नै मुखमा मास्क लगाएका बर्दीधारी प्रहरीहरुले हान्न शुरु गरे” यादवले रातोपाटीलाई बताए ।
यादवलाई कुटनेमा प्रहरी नायब निरिक्षक देखि प्रहरीका तल्लो दर्जाका कर्मचारीहरुले लगातार प्रहार गरेको यादवले बताए । प्रहरीको कुटाईबाट घाईते भएका यादवको शरीर भरि निलडाम रहेको छ भने प्रहरीको कुटाईका कारण उनको टाउकोमा समेत गम्भिर चोट लागेको छ ।
यस बिषयमा जिल्ला प्रहरी प्रमुख बुद्धिराज रेग्मीलाई सम्पर्क गर्दा उनले हिरासतमा यातना दिईएको भन्ने सूचना गलत रहेको दावी गरे । “हाम्रा तर्फ पनि डिएसपी सहित प्रहरीहरु घाईते भएका छन् ” गुरुङ्गले भने । यादवको शरिरमा रहेको निलडाम बारे जिज्ञासा राख्दा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा हातपात हुदा चोटपटक लागेको हुन सक्ने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्