मुख्यनाकामा मोर्चाको १२ औ दिन पनि धर्नाजारी जुलुस सहित सहकारी कर्मीहरुको एकबद्धता
Advertise Here Book Now
बीरगन्ज,असोज १६
मुलुकको मुख्यनाका बीरगन्ज रक्सौलको सिमामा आज १२ औ दिनपनि धर्ना जारी रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगंज र सीमावर्ती भारतीय सहर रक्सौललाई जोडने दशगजास्थित सिर्सिया खोलाको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका हुन । उनीहरुले मितेरी पुलमा आलोपालो धर्ना दिदै आएका छन । धर्ना बसेका कारण यो नाकाको आयात निर्यात पूर्ण रुपले ठप्प भएको छ ।
संघीय समाजवादी पार्टीका महासचिव राम सहाय यादव, केन्द्रिय सदस्य बच्चा यादव,रामकिशोर यादव पर्साका अध्यक्ष प्रदीप यादव सदभावना पार्टीका केन्द्रिय सदस्य देवेन्द्र मिश्रा,तराइ मधेस सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रेमचन्द्र कुशवाहा र श्रीरामगीरी लगायतका हजारौ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
मधेसको मागंप्रति तीनदल र सरकार इमान्दार नभइ सत्ताको खेलमा लागेको भन्दै सोमबार बारा पर्सामा रहेका सम्पुर्ण सहकारी सस्थाका सचांलक र कर्मचारीहरुले खबरदारी जुलुस प्रदर्शन गर्नुको साथै नाकाबन्दीमा सहभागीता जनाएका छन् । सहकारीसघंको अध्यक्ष राजेश पडितको नेतृत्वमा वीरगन्जको घन्टाघरबाट सुरु भएको जुलुसमा नगर परिक्रमा गरि सिमामा पुगेको थियो । जुलुसमा सघंका सल्लाहकार शम्भु गुप्ता,असगर अंसारी,सविच पन्नालाल महतो , कोषाध्यक्ष राजेश पटेल,रामप्रवेश देहाती ,एनएन सिंह ,ध्रुव साह,अवधकिशोर गुप्ता नागमणी उपाध्याय ,उत्तम साह, हरेन्द्र सिह र रामबाबु चौधरी लगायत हजारौको जुलुसमा सहभागीता रहेको थियो । धर्ना पछि प्रत्येक दिन विभिन्न संघ संगठनहरुले एक्यबद्धता जनाई धर्नामा बसदै आएका छन । यसअघि नेपाल शिक्षक महासंघ पर्सा, साहित्यकार समाज, नेपाल चिकित्सक संघ, हाडवेयर एशोसिएसन, खुद्रा व्यवसायी संघ, किराना व्यवसायी संघ लगायत दुई दर्जन भन्दा बढी संघ संगठनहरु आन्दोलनप्रति एक्यबद्धता जनाउदै नाकामा धर्ना दिएका हुन ।