'भद्र सहमति' नतोडिए ओली प्रधानमन्त्री
Advertise Here Book Now

काठमाडौं-प्रमुख राजनीतिक दलहरुले सहमतीय सरकार निर्माणको कसरत सुरु गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकमार्फत पदीय जिम्मेवारीबाट अलग रहने घोषणा गरेपछि यो कसरत सुरु भएको हो । 

विगतका 'भद्र सहमति'मा दरार उत्पन्न नभए संविधान निर्माणका सहयात्री कांग्रेस, एमाले र एकीकृत माओवादीसहितका दलहरु सम्मिलित सरकार बन्नेछ । उक्त सहमतिअनुसार सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् । 

आन्दोलनरत मधेशी दलहरुसँग पनि वार्ता गरेर सरकारमा सामेल गराउन प्रयास गरिने तीन दलका नेताहरुले बताएका छन् । तीन दलले सरकारमा मधेशी दल नभए कम्तिमा संविधान जारी गर्ने प्रक्रियामा सामेल दलहरुलाई सहभागी गराउन प्रयास भइरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्