सरकार र मधेसी मोर्चाबीच आज वार्ता
Advertise Here Book Now

काठमाडौँ : सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भोलि मङ्गलबार सिंहदरबारमा वार्ता हुने भएको छ । मोर्चाद्वारा गठित वार्ता टोलीको आज सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बिहान १० बजे वार्ता हुने वार्ता टोली सदस्य सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।  वार्ताका लागि मोर्चाले विगतमा उठाएका विभिन्न ३५ बुँदे माग पेस गर्ने उनले बताए ।  ‘वार्ताटोलीका चारै जना बसेर सरकारसँगको वार्तामा कुन रुपमा प्रस्तुत हुने, कस्ता एजेण्डालाई प्राथमिकता दिनेभन्नेबारे हामीले छलफल गरेका छौँ । बाँकी कुरा भोलि वार्तामै उठाउँछौँ, विगतका मागलाईनै वार्तामा राख्छौँ,”– वार्ता टोली सदस्य कर्णले भने ।
मोर्चाले सङ्घीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका मागलाई वार्तामा राख्ने जनाएको छ । मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । संविधानको विषयलाई लिएर मोर्चाले विगत ५१ दिनदेखि तराईमा आन्दोलन गर्र्दै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्