रुपन्देही झडपमा दुई भारतीय सहित १८ घाईते
Advertise Here Book Now

असोज, १९ । भैरहवाको बेलहिया भन्सार नाकामा भएको झडपमा दुई भारतीय नागरिक गम्भिर घाईते भएका छन् । मधेश आन्दोलनको प्रतिकारमा स्थानीय प्रतिकार टोलीको खुखुरी प्रहारबाट भारतीय नागरिक दीपक बर्मा र नाम खुल्न नसकेको पन्जाब मूलका एक ट्रक ड्राईबर सहित १८ घाईते भएका हुन् । भारत उत्तर प्रदेश महराजगंज लक्ष्मीपुरका अन्दाजी ३० वर्षीय दीपक बर्माको उपचार भैरहवास्थित मेडिकल कलेजमा भईरहेको छ । घाईते बर्माका अनुसार भैरहवाबाट भारततिर गइरहेको बेला गैर मधेशी मूलका प्रतिकार टोलीले अश्लील शब्द प्रयोग गर्दै घेरामा पारी कुटपिट र खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाईते अर्का भारतीय नागरिकको उपचार कहाँ र कुन अवस्थामा भएको छ यकिन हुन सकेको छैन । भारत सुनौलीस्थित सिमा सुरक्षा बल एसएसबीका अनुसार उनी पंजाब मूलका ट्रक चालक रहेको र नेपाल घुम्न आएका बेला नेपाली गैर मधेशी समुदायको प्रतिकार समुहले नेपाल प्रहरीकै संरक्षणमा निषेधित क्षेत्र भित्र घेरामा पारी खुकुरी प्रहार गरेका हुन् । तर उनको अवस्थाबारे केही जानकारी हुन नसकेको एसएसबीले बताएको छ । त्यसैगरि नाकाबन्दीको बिरोध गर्ने स्थानीय प्रतिकार टोली, प्रहरी र बन्दकर्ता बीच भएको झडपमा परि आठ प्रहरी घाईते भएको प्रहरीले बताएको छ । झडपमा परि रुपन्देही प्रहरीका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की, प्रहरी हवल्दार कमल भट्टराई, प्रहरी जवान पूर्ण बहादुर थापा र राम किशुन यादव सहित आठ जना घाइते भएको प्रहरी उपरिक्षक बुद्धि गुरुङले बताएका छन् । प्रहरीले तीनजना आन्दोलनकारीलाई नियन्त्रणमा लिई यातना दिएको पिडित रामु यादवले बताएका छन् । सिद्धार्थ नगरपालिका ४ का रामु यादव, मझगावा ३ का शिवदास यादव र परासी घर भएका रमेश यादवलाई प्रहरी माथि ढुंगा प्रहार गरेको आरोपमा नियन्त्रणमा लिई छाडिएको प्रहरीले बताएको छ । यता आन्दोलनकारी तर्फ पूर्ब रक्षा राज्यमंत्री राम बचन यादव, श्याम यादव, राजु यादव सहित ८ जना घाइते भएको आन्दोलनरत मधेशी मोर्चाका संयोजक महेन्द्र यादवले बताएका छन् ।] निषेधित क्षेत्रभित्र भारतिय नागरिकलाई नियन्त्रणमा लिई खुकुरी प्रहार र कुटपिट भईरहँदा प्रहरी मूकदर्शक बनिरहनु बिभेदको पराकाष्ठा भएको आन्दोलनरत नेता देवेन्द्र पाण्डेको गुनासो छ । प्रहरीकै संरक्षणमा रुपन्देहीमा पटकपटक मधेशी मारिएको उनको आरोप छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्