वार्तामा गफ मात्र नभइ सरकार गम्भीर हुनुपर्छ : यादव
Advertise Here Book Now

असोज १५ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवमं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व झापादेखि पश्चिम कन्चनपूर्वसम्मको मधेस नभए वार्ता सफल नहुने बताएका छन् ।



उनले वार्ताको नाममा अब तीन दलले फटाईँ बन्द गर्नुपर्ने बताए । वीरगन्ज–रक्सौल मितेरी पुलमा आठ दिनदेखि जारी रहेको धर्नामा सहभागी हुन आएका अध्यक्ष यादवले वार्ताप्रति सरकार गम्भीर नभएको बताउँदै अहिले वार्ता नभएर गफ मात्र भइरहेको बताए ।

नेता यादवले भने, ‘गफबाट मुलुकले निकास पाउँदैन वार्ताको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्छ ।’

डेढ महिनादेखिको लगातार बन्द र ८ दिनदेखिको नाकाबन्दीले सर्वसाधारणले सास्ती खेपिरहेको भएपनि सरकारले नागरिक माथि कुनै जिम्मेवारी नदेखाएको नेता यादवको भनाइ थियो ।

‘तीनदलले भारतले नाकाबन्दी गर्नु भन्नु सबै कालो अनुहारलाई भारतीय ठान्नु हो,’ उनले भने । राज्यको बेवास्ताका कारण आशांका बढेको बताउँदै राज्यले मधेसीलाई नेपाली नै नमानेको पनि आरोप लगाए ।

माग पूरा नहुन्जेल नाकाबन्दी र असहयोग आन्दोलन जारी रहने उनले बताए । खस जाति विशेषको कब्जामा रहेको राज्यसत्तामा केही अवसरवादी र स्वार्थी तत्वको हालीमुहाली रहेकाले मुलुकले निकास नपाएको उनको आरोप छ । आन्दोलनबाटै जनताले राज्यको शासनसत्ताको स्वरुप परिवर्तन गर्ने उनले दाबी गरे ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्