धर्म बिर्सदै पत्रकारिता संचारमाध्यम सम्प्रदायिक भएपछि देश दुर्घटनामा फँस्छ
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम, प्रदीप यादव
पहिले काठमडौंमा बसेर सिमाको खबर कल्पनाको भरमा लेख्ने नेपालका पुर्वाग्रही मिडिया अब दिल्ली डेटलाइनबाट पनि कल्पनालाई खबरको आवरण दिन थालेका छन् । मधेश आन्दोलनमा आन्दोलनकारीहरु बर्बरताको शिकार भई ज्यान गुमाए, अनेक नोक्सानी र समस्या भयो र योभन्दा एउटा गम्भीर नोक्सानी लोकतन्त्रको लागि पनि भयो । त्यो के हो भने संचारसंस्थाले आफ्नो धर्म बिर्से । भनिन्छ मिडिया सम्प्रदायिक भयो भने मुलुक दुर्घटनामा फँस्छ । किनकी न्याय दमनबिच निष्पक्ष कडि बन्नु नै मिडियाको धर्म हो । असहज परिस्थितीमा जिम्मेवारीपना अझ बढेको देखिनु पर्ने थियो । त्यसो भएन ।
मधेशमाथी बिजयीको अभियानमा लागेको सरकार र तीन दलको साँथमा एकतर्फी मात्र प्रमुख भनिएका मिडिया उभेनन्, दुई कदम अगाडी बढे आफ्नो धर्म गुमाए । के राजधानीको कलम मसी सम्प्रदायिक भएको छैन् ?४० दिनसम्मको बन्दीमा मधेश र थरुवट आन्दोलनलाई घरी सहभागिता बिनाको र घरी हिंसक भनेर देख्ने दोषी चस्मा अहिले दिल्ली र काठमाडौंसंग जोडेर मधेशआन्दोलनलाई हेर्दै छ । डेढ महिना मधेश बल्दा फरक नपर्ने र नाकाबन्दीको खबर आएको घण्टा नबित्दै त्यो प्रमुख सरोकार बन्ने ? काठमाडौ बस्ने मात्र जनता हुन र ?
हाम्रो आन्दोलनलाई भारतसंग जोडी बदनाम गर्दै शनिबारबाट नाकाबन्दी खुलेको भनि अभिव्यक्ति आएको छ । यसबाट आन्दोलनकारी पक्ष अलिकति पनि वितलित छैन । तीन दिन पहिले नेपालका भारतीय राजदुतले नाकाबन्दी भारतले गरेको छैन भनेका थिए । त्यो खबर नसेलाउदै उनलाई नै अस्पष्ट तवरमा उद्दृत गर्दै अर्को बखर आयो –नाकाबन्दी फिर्ता भयो रे † कति हास्यास्पद बन्ने बिश्वजगत माझ हाम्रो चौथो अगं ?
हामीलाई थाहा छ विगतको लामो आन्दोलनबाट आम नेपाली जन समुदायमा मर्का परेकै हो । संगसंगै तपाई समुर्णलाई यो कुरा राम्ररी थाहा छ यसको प्रमुख कारण नेपाल सरकार र केही पहाडबादी सोचका व्यक्ति तथा मधेशी जनताको प्रतिनिधिको रुपामा रहेको घुसपैठियाहरु हुन ।
हाम्रो नाकाबन्दीलाई केही काठमाडौंका संचारमाध्यमले पनि एकपक्षीय रुपमा नाकाबन्दी खुलेको भनी ठुल–ठुलो समाचार सम्प्रेसण गरेकोप्रति हाम्रो खेद छ । मिडिया पनि सरकारको चाकरी गरेको तथा खस सोचबाट प्रभावित भएको हाम्रो बुझाई छ । स्मरणनीय होस नेपालमा नाकाबन्दी चलीरहदा यो नाकाबन्दी भारतले गरेको हैन भनि भारतले भनिसकेको छ । त्यसको ठिक विपरित यो नाकाबन्दी भारतले गरेको हो भनी नेपाल सरकारले आरोप लगाएर आम मधेशी जनतालाई अपमानित गरेको छ । नाकाबन्दी भारतले गरयो वो खोल्यो  भन्ने कुरा हास्यसपद छ । हामी आम मधेशी जनता आफ्नो शरिरमा एक थोपा रगत बाकी रहे त्यो मधेश मुक्तीको लागि प्रयोग गर्ने छौं । यो अधिकारको अन्तिम लडाईमा एक कदम पनि पछाडी नहटने भनी यसै प्रेस विक्षप्ती मार्फत अपिल उद्घोष गर्दछौ ।
जन समुदाय मधेशी जनताको माँग जायज भएको प्रमाणित भई सकेको भन्ने उदाहरण नेपाल सरकार  र तिन ठुला दलको विगतको बर्ताको नौटंकीले प्रष्ट पारीसकेको छ । अब केही नलागेर नेपाल सरकार र तिन ठुला दलले आफ्नो लाज पचाउन नेपाली जनतालाई आफ्नो नलायकीपनको अनुहार लुकाउन मधेशको आन्दोलनलाई मन्थर पार्नका निमित्त नाकाबन्दी खुलेको भनी भ्रम प्रचारित गरिरहेको छ । वास्तविकताबाट उनीहरु धेरै नै टाढा छन् । नेपालमा भइरहेको नाकाबन्दी आन्दोलन न भारत सरकारको न नेपाल सरकारको यो नाकाबन्दी मधेशी आम जनताले आफ्नो अधिकारको लागि गरेको हो भन्ने सबैलाई पुर्व जानकारी छ ।
मधेशी जनताले गरेको आन्दोलन विश्व समुदायमा उदाहरणनिय प्रर्दशनको रुपमा विसाल मानव संङ्गालोलाई बर्णन गरिदै रहदा साचै नै मधेशी जनतालाई नेपालमा हेपिएको, दोस्रो तप्का नागरिक बनाइएको छ भनि प्रमाणित भएको छ । आदणीय जनसमुदाय मधेश आन्दोलनमा दिनहु विभिन्न संघ संगठन, नागरिक समाज, विधार्थी, अन्य राजनिक संगठनको सहभागिता बढनुको आसय भनेको मधेशी जनताको अधिकारको लडाईमा आफनो अहम ऐक्यबद्धता हो । हिजोदेखी नेपाली राजनितिलाई संकटमा पुर्याएका नेता नायाँ दाउरा सुरुवाल सिलाई अब सरकार निमार्णको खेलमा व्यस्त भएका छन भन्ने सामाचारहरु आइरहेको छ । तसर्थ नेपाली जनतासंग यिनीहरुको कुनै लगाव छैन । मधेशीका रगत पिपासु यिनीहरुलाई सत्ताका मात्र प्रिय छ । मधेशले आफ्नो जायज मांगमा कसैसंग समझौता नगर्ने प्रतिबद्धता कायमै छ । यो आन्दोलन कसैको उक्साहट होइन् । मधेशीहरुको आत्मस्वभिमानको उत्कर्ष हो । तसर्थ लक्ष्यमा नपुगी रोकिदैन् –एक आन्दोलनकारी (अध्यक्ष संघीय समाजबादी फोरम नेपाल, पर्सा) ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्