हिसिला सहित मधेश गएका बाबुरामले भने– एमाओवादी रातो स्टीकर टाँसेको घर, त्यहाँ बस्न खतरा भयो
Advertise Here Book Now
भैरहवा– एकीकृत माअोवादी परित्याग गरेर नयाँ शक्तिका लागि माहौल बनाउन दौडधुपमा निस्केका डा.बाबुराम भट्टराईले एमाअोवादीलाई “रातो स्टिकर लागेको घर” को संज्ञा दिएका छन् । आईतबार रुपन्देहीको धकधईमा मधेशी पोशाक कुर्ता पाईजामा तथा गमछा सहित देखिएका पूर्व प्रधानमन्त्रीले भट्टराईले एमाओवादी पार्टीलाई “रातो स्टिकर लागेको घर”को संज्ञा दिएका हुन् । उनले भाषणको शुरुवात हिन्दी भाषामै गरेका थिए । पत्नी हिसीला यमी सहित ै रुपन्देहीको धकधई पुगेका थिए । धकधईमा मधेशी आन्दोलनको समर्थन तथा बर्तमान शासनको बिरुद्ध आयोजित बिरोध सभालाई सम्बोधन गर्दै भट्टराईले भने एमाओवादी पार्टीलाई लक्षित गर्दै भने, ‘सामान्य चर्किएको, मरम्मत गर्न मिल्ने घर भए टालटुल गरेर बस्न सकिन्थ्यो । रातो स्टिकर नै लागेको घर भएपछि छोडेर हिडेँ । ’
भट्टराईले संविधानमा मुटु कसेर र आँखा चिम्लिएर सहि गरेको बताएका छन । संविधानमा हस्ताक्षर गरेको गल्ती सच्चयाउन अहिले मधेशीको समर्थनमा आएको उनले बताए । संविधान गरेको गल्तीले भएको दुख बाडदा मन हलुङ्गो भएको उनले प्रतिक्रिया दिए । मधेशको आन्दोलन जायज भएको बताउदै उनले माग पुरा गराउन अगाडी बढ्न उनले मधेशी जनतालाई आग्रह गरेका छन । माग पुरा गराउने काममा आफ्नो समर्थन रहेको भट्टराईले जिकिर गरे । मधेशी जनताले राखेका माग जायज भएकोले यथासाक्य चाडो यसलाई पुरा गर्न भट्टराईले आव्हान गरेका छन । मधेशी मागलाई वार्ताको टेबलमा बसेर सम्बोधन गर्न सकिने उनको भनाई थियो ।
बिगतको आन्दोलनमा मधेशी जनतालाई नारायणी पूर्व मधेश प्रदेश तथा नारायणी पश्चिम एक प्रदेश दिने सहमति भएको सहि भएको उनले बताए । उनले अहिले सो सहमति तोडमोड भएको दावी समेत गरे । मधेशी जनता सधै पहाडी शासकबाट ठगिएको आरोप लगाउदै भट्टराईले आफुले मधेशीको हक अधिकारबारे बोल्दा सत्ता ठेकेदारले भारत परस्त भएको आरोप समेत लगाउने गरेको गुनासो गरे । संयुक्त संघीय मधेशी थरुहट संघर्ष समिती रुपन्देही द्वारा आयोजित बिरोध सभामा संघिय समाजवादी फोरम नेपालका नेता बिद्या यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनेकपा माआवादीका नेता रामचन्द्र झा, राम कुमार शर्मा, घनश्याम यादव लगायतले बोलेका थिए । स्रोत:रातोपाटी