संघिय समावेसी मधेसी मोर्चाद्वारा मैनबति जुलुस प्रर्दशन
Advertise Here Book Now




वीरगंज,असोज १८

जारी मधेस आन्दोलनको आज ५२ औं र नाकाबन्दीको १२ औं दिन संघिय समावेसी मधेसी मोर्चा ले  वीरगंजमा मैनबती मार्च जुलुस प्रर्दशन गरेको छ । अधिकार प्राप्तिको लागि जारी  मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेका महान शहिदहरुको सम्मानमा आज वीरगंजको घण्टाघरबाट शुरु भएको मैनबती जुलुस वीरगंज नगर परिक्रममा गरी पुनः घण्टाघरमै पुगेर सम्पन्न भएको थियो । कार्यक्रमलाई समापन गर्दै मोर्चाका नेता शशिकपुर मियाँले जारी आन्दोलन अधिकार नपाए सम्म कुनै पनि हालतमा नरोकिने र नाकाबन्दी अझ कडा हुने बताउनुभयो  । कार्यक्रममा मोर्चाका नेता राजकुमार यादव,शिव पटेल,महम्द कदम रसुल,नन्दन यादव, महाराज यादव,सुधिरनाथ पाण्डे,अनिरुद्ध सिंह ,प्रेमबाबु पटेल, धर्मेन्द्र पटेल,महिला नेतृ मुनी श्रीवास्तव, सिता पटेल, पुर्व मन्त्री कलावती पासवान लगायतका नेताहरुको उपस्तिथी रहेका थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्