मोर्चासंगको आकस्मिक बैठक पछि प्रचण्ड र ओलीबीच भेटवार्ता
Advertise Here Book Now

मंसीर ९। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो मंगलबार साँझ मधेसी मोर्चाका नेताहरुसंग आकस्मिक भेटवार्ता गरेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन। प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा जारि भेटवार्तामा मधेसमा जारि आन्दोलन र यसको प्रभाबका साथै सरकारको आगनी रणनीतिबारे छलफल भएको छ। प्रचण्डसंगको हिजोको भेटमा मोर्चाका नेताहरुले सिमांकनबारे प्रष्ट भएर आउन गरेको आग्रह बमोजिम प्रचण्डले मोर्चालाई मान्य हुने गरी उपयुक्त प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन्। बालुवाटार स्रोतले जनाएअनुसार मोर्चाको मागबारे सत्ता साझेदार दलविच साझा धारणा बनाउन प्रचण्डले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन । त्यस्तै मधेसी मोर्चाका नेताहरुले आज कांग्रेससंग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्