फोरम लोकतान्त्रीकका पूर्व महासचिव सिंह सद्भावना पार्टी प्रवेश गर्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १०/फोरम लोकतान्त्रकीका पुर्व महासचिव मृगेन्द्र सिंह यादव लगायतका एक दर्जन केन्द्रिय नेता राजेन्द्र महतोको सद्भावना पार्टीमा प्रवेश गर्ने भएका छन् । केही दिन अगाडि विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रीक पार्टीको महासचिव पद बाट राजिनामा दिनु भएका सिंह लगायतका नेताहरु सद्भावना पार्टी प्रवेश गर्न लागेको श्रोतले जनाएको छ । पार्टी प्रवेश गर्नेहरुमा मृगेन्द्र सिंह यादव, शत्रुधन मेहता र अजय यादव लगायतका नेताहरु एक साथ पार्टी प्रवेश गर्न लागेका छन् । साथै फोरम लोकतान्त्रीक छोडेका अन्य नेताहरु सँग कुराकानी भई रहेको सद्भावना श्रोतले जनाएको छ । राजविराजमा रहनु भएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सँग कुराकानी भए पछि पार्टी प्रवेश गर्न तयारी गरेका हुन । एक कार्यक्रमको आयोजना गरी सयौंका संख्यामा सप्तरी र सिरहा जिल्लाका फोरम लोकतान्त्रीका कार्यकर्ताहरु पार्टी प्रवेश गर्न लागिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्