जनसेना सहित बिप्लव माओवादीद्धारा जनयुद्धको घोषणा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर ८/नेकपा माओवादीले आज जनयुद्धको घोषणा गर्ने भएको छ । जनमुक्ती सेना दिवसको अवसर पारेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले फेरि युद्धको घोषणा गर्न लागेको छ । आजै विप्लव नेतृत्वको नेकपा माओवादीले जनसेना समेत निर्माण गरेको घोषणा गर्ने कार्यक्रम छ । त्यसका लागी राजधानीमा बृहत जनप्रदर्शनको तयारी भैरहेको छ । भारतीय नाकाबन्दी विरुद्ध केही समयपछी विशाल प्रदर्शन हुने र त्यहि क्रममा जनयुद्धको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा माओवादीले जनाएको छ । भारतीय नाकाबन्दी, भ्रष्टचार, कालोबजारी जस्ता गतिविधि विरुद्ध नयाँ जनयुद्ध घोषणा गर्ने बताइएको छ । नेकपा माओवादीले फौजी तथा गैरफौजी नीति समेत सार्वजनिक गर्नेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्