धनुषाको ढल्केवरमा आन्दोलनकारीहरुले ट्रक जलाए
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १०/ धनुषा जिल्लाको ढल्केबरमा आन्दोलनकारीले एउटा मालवाहक ट्रकमा आज आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आन्दोलनकारीले ना५ख ९०२५ नंको मालवाहक ट्रकमा आगजनी गर्दा ट्रकसहित त्यसमा रहेको रु ११ लाख बराबरको कपडा जलेको छ । हेटौँडाका प्रहरी अतिरिक्त आयुक्त देवेन्द्र सुवेदीको नेतृत्वमा सुरक्षा दिई गइरहेका सवारीसाधनमध्ये करिब एक दर्जनभन्दा अधिक सवारीसाधनलाई समेत आन्दोलनकारीले तोडफोड गरेको जनाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्