उपेन्द्र यादवको चुनाैती, 'सक्छाै, सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग'
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १०/आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दबाएर मात्रै समाधान गर्न खोजेको आरोप लगाएका छन् । व्यवस्थापिका–संसद्को बिहिबारको बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसी, जनजाति र खस क्षेत्रीसमेतले अधिकारको माग गरिरहेको तर सत्तारुढ पक्षले ‘साम्प्रदायिक नश्लवादी’ सोचले काम गरिरहेको टिप्पणी गरे । उनले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गरे । भारतका एक सांसद्ले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्र्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले सरकारका उपप्रधानमन्त्रीहरुले नै गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै जवाफ दिनुभयो, ‘‘नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।’’ भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आई नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उनले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको प्रतिक्रिया दिए । ‘कांग्रेसको असली चरित्र देखियो’ यादवले पत्रकारलाई प्रतिक्रिया दिँदै गर्दा छेउमा रहेका नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले मधेसी दलले आफ्नो सत्ता मात्र खोसेको नभई प्रमुख प्रतिपक्षी दलको हैसियत पनि खोस्न खोजेको भनी टिप्पणी गर्नुभयो । जवाफमा यादवले भन्नुभयो, “आज कांग्रेसको असली चरित्र देखियो ।” ती दुई दलबीच संसद्को बिहिबारको बैठकमा को पहिले बोल्ने भन्नेमा विवाद भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्