नेपालमाथि भारतीय नाकाबन्दी मानवताविरोधी अपराध : थापा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक २२/नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतले नेपालमाथि नाकाबन्दी गरेर अन्तर्राष्टि«य पारवहन अधिकारको ठाडो उल्लंघन गरेको बताउनुभएको छ । तेह्रथुमको बसन्तपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका युवा नेता थापाले भारतले नेपालमाथि लगाएको नाकाबन्दी मानवताविरोधी अपराध भएको बताउनुभयो । नेपालको नयाँ संविधानको बिषयमा भारतले नाकाबन्दी गर्नु असल छिमेकीले गर्ने व्यवहार नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । भारतले नेपालमाथि निरन्तर नाकाबन्दी लगाईरहेमा सरकारभित्र र बाहिरका सबै दल र शक्ति मिलेर भारतविरुद्ध लड्न तयार हुनुपर्ने पनि थापाको भनाई थियो । एक फरक प्रसंगमा नेता थापाले प्रधानमन्त्री पदमा पार्टी सभापति सुशील कोइरालाले उम्मेदवारी दिनु पार्टी नीति विपरीत रहेको पनि बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्