गृहमन्त्री बस्नेत र आपूर्ति मन्त्री पुनलाई फिर्ता बोलाउने प्रचण्डको संकेत
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर ८ /नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँन निकै ठूलो भूमिका खेलेका एमाओवादी अध्यक्ष प्रचण्डको पछिल्लो समय निकै चर्चा हुने गरेको छ । विगतमा निकै आलोचना खेप्दै आएका प्रचण्ड पछिल्लो समय पार्टीभित्र मात्र निर्मम बनेका छैनन् । उनी भारतप्रति पनि निकै निर्मम बनेपछि उनको छवि राष्ट्रवादी बनेको छ । अघिल्ला सरकारमा एमाओवादीका तर्फबाट मन्त्री बनेपछि सबै मन्त्रीहरुको ध्यान अकुत कमाउने र आफन्तको भर्ती केन्द्र बनाउँनेमा हुन्थ्र्यो । ती सबैको अपजस प्रचण्डले नै खेप्नु पर्ने हुन्थ्यो । तर, यस पटक भने प्रचण्डले सरकारमा मन्त्री पठाउँनु अघिनै मन्त्री बन्ने तयारीमा रहेका सबैलाई एकै ठाउँ राखेर मन्त्री भएपछि राष्ट्रहितमा कामा नगरे तुरुन्त फिर्ता बोलाउँने चेतावनी नै दिएका थिए । त्यतिमात्र होइन, आफन्त र नजिकका मान्छेको आफ्नो मन्त्रालयमा भर्ती केन्द्र नबनाउँन समेत उनले चेतावनी दिएका थिए । केही मन्त्रीले भने प्रचण्डले दिएको चेतावनीलाई ‘आफ्नो बानी को छाड्यो अर्काको बानी को लियो’ भन्ने बुहारीको कथा जस्तै गरेपछि प्रचण्ड रुष्ट भएको एमाओवादी भित्रै चर्चा शुरु भएको छ । स्रोतका अनुसार प्रचण्डले सरकारमा बसेर राम्रो काम गर्न नसक्ने भए तत्काल राजीनामा दिन दुई मन्त्रीलाई निर्देशन दिएका छन् । प्रचण्डले गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुनलाई निर्देशन दिएको स्रोतका दाबी छ । प्रचण्डले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्य क्षमता मूल्याङ्कन गर्न एक समिति नै बनाएका थिए । त्यस समितिको प्रमुखमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । उक्त समितिको बैठकमा गृहमन्त्री बस्नेत र आपूर्तिमन्त्री पुनको चर्को आलोचना भएपछि प्रचण्डले त्यस्तो निर्देशन दिएको बुझिएको छ । पुनले इन्धनको कालोबजारी रोक्न नसकेको र बस्नेतले तराई–मधेसमा भएको आन्दोलनमा गृहका तर्फबाट भूमिका खेल्न नसकेको आरोप लागेको एक नेताले जानकारी दिए । उनका अनुसार काम गर्न नसक्ने मन्त्रीलाई तत्काल फिर्ता हुन प्रचण्डले निर्देशन दिएका थिए । ‘बैठकमा मन्त्रीहरुले स्वकीय सचिव र निजि सचिवमा नातेदार नियुक्त गरेको विषयमा पनि निकै चर्चा भएको थियो । एमाओवादीले आफ्ना मन्त्रीहरुका लागि ३१ बुँदे आचारसंहिता जारी गरेको थियो । त्यसको एउटा बुँदामा मन्त्रीहरुले स्वकीय सचिव र निजि सचिवमा नातेदार नियुक्त गर्न नपाउँने उल्लेख थियो । तर, अहिले गृहमन्त्रीदेखि ऊर्जा मन्त्रीसम्मले नातेदार राखेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्