अवरोध हटाउन सरकारको भारतसँग औपचारिक आग्रह
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक २३/सरकारले सीमा क्षेत्रमा कायम अवरोध हटाइ आयात निर्यात सहज तुल्याउनका लागि सहयोग गर्न छिमेकी मुलुक भारतसँग औपचारिक रुपमा आग्रह गरेको छ । मन्त्रीपरिषद्को आज अपरान्ह सिंहदरबारमा बसेको पहिलो बैठकले सीमा क्षेत्रको अवरोध हटाइ आयात निर्यात सहज तुल्याउनका लागि भारतसँग आग्रह गर्ने निर्णय गरेको हो । भारतले मधेशवादी दलका नेता तथा कार्यकर्ताले सीमा क्षेत्रमा जारी राखेको अवरोधलाई कारण देखाएर अघोषित नाकाबन्दीलाई जारी राखेपछि मन्त्रीपरिषद्को बैठकले अवरोध हटाउनका लागि सहयोग गर्न भारतलाई नै आग्रह गरेको हो । मधेशवादी दलहरुले भारततर्फको दशगजा क्षेत्रमा जम्मा भएर सवारीसाधनको आवतजावतमा अवरोध गर्दै आएका छन् । मन्त्रीपरिषद्को बैठकले वार्तालाई निष्कर्षमा पु¥याउनका लागि इमान्दार हुन आन्दोलनकारी दलहरुलाई पनि आग्रह गरेको छ ।सरकारले नजिकिंदो तिहार र छठ पर्वलाई ध्यान दिइ आपूर्ति व्यवस्थामा अवरोध नगर्न पनि मधेशवादी दलहरुसँग आग्रह गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा उहाँकै दल नेकपा एमालेका पोलिट्ब्युरो सदस्य विष्णु रिमाललाई नियुक्त गरेको छ । यस्तै एमालेकी वैकल्पिक केन्द्रीय सदस्य निरुदेवी पाललाई सचिव सरहको सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क विज्ञ तथा योगेन्द्र दाहाललाई राजनीतिक विज्ञमा नियुक्त गरेको छ । बैठकले अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य गोविन्द नेपाललाई नियुक्त गरेको छ । यस्तै राष्ट्रिय गानका संगितकार अम्बर गुरुङ्गलाई मासिक ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्