सर्लाहीमा आन्दोलनकारीमाथि प्रहरी र चूरे भावरको संयुक्त आक्रमण
Advertise Here Book Now

सर्लाही, ८ मंसिर ।

प्रहरीको संलग्नता र निर्देशनमा कांग्रेस, एमाले र एमाओवादीका कार्यकर्ताहरुले चूरे भावरको नाममा सर्लाहीको फुलझोरमा राजमार्ग अवरुद्ध गर्ने क्रममा मधेशी मोर्चाका कार्यकर्तामाथि आक्रमण गरी सयौंलाई घाइते बनाएका छन् ।मोर्चाका दर्जनौं कार्यकर्ता गम्भीर घाइते छन् । यसका साथै सद्भावना पार्टीकी पत्नी एवं सभाषद् शैलदेवी महतोको गाडी तोडफोड भएको छ । सम्भावित घटना हुन नदिन प्रहरीले दुवै पक्षलाई रोक्नु पर्नेमा प्रहरी उल्टै चूरे भावर समूहसँगै मिलेर आन्दोलनकारीमाथि कुटपिट गरेको स्थानीयको आरोप छ । सर्लाहीको राजमार्ग अहिले तनावग्रस्त छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्