सिरहामा काँग्रेसपछि एमाले सडकमा,माग सम्वोधन नगरे पाटी छोड्ने
Advertise Here Book Now

लहान–मधेस आन्दोलनले सय दिन नाघेपनि सरकारले आन्दोलनकारीको माग पुरा नगरेको भन्दै नेकपा एमाले सिरहा क्षेत्र नम्बर २ बिहीबारदेखि सडक आन्दोलनमा उत्रिने भएको छ ।बुधबार पत्रकार सम्मेलनमार्फत मधेसको आन्दोलनमा सहभागी भै राज्यलाई दबाब दिने क्षत्रीय अध्यक्ष केदार यादवले जानकारी दिए । 'मधेसको अधिकार आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हामी सडक आन्दोलनमा सहभागीता जनाउँछौं,' यादवले भने,'मधेसले उठाएको माग जायज छ, यसलाई अबिलम्ब सम्बोधन गर्नुपर्छ।' 'बिहीबारबाट क्षेत्र नम्बर २ आन्दोलनमा सहभागी हुँदै छ छिटै जिल्ला कमिटि पनि मधेसको अधिकार आन्दोलनमा सडकमा उत्रिन्छ,' उनले भने ।
क्षेत्र नम्बर २ ले चार बुंदे माँग समेत अघि सारेको छ । झापा देखि कञ्चनपुर सम्म दुई प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था, ०६३ र ०६४ मा राज्य र मधेसी दलको २२ र ८ बुंदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माँग सम्बोधन गर्नुपर्ने क्षेत्र नम्बर २ ले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्