फौजी कारवाहीबाट दमन गर्न खोज्नु निन्दनीय रहेको सन्जालको ठहर
Advertise Here Book Now

जलेश्वर,मंसिर ८ गते ।
वार्ता,संवाद र सहकार्यबाट समाधान हुन सक्ने वातावरणलाई फौजी कारवाहीबाट दमन गर्न खोज्नु निन्दनीय रहेको र तत्काल यस्ता कार्य रोक्नुपर्ने मानव अधिकार रक्षक संजाल महोत्तरीले प्रेस विज्ञप्ती जारी गर्दै सरोकारवालालाई आग्रह गरेको छ ।
साथै तराई मधेश क्षेत्रमा सय दिन भन्दा बढी समय देखि भईरहेको अधिकारमुखी आन्दोलनको क्रममा संचारकर्मी तथा मानव अधिकारकर्मीलाई सत्य,तथ्य सुचना संकलनमा विभिन्न पक्षवाट भएको अवरोध तत्काल बन्द गर्न आग्रह गर्दै आन्दोलनलाई बदनाम गराउने तत्वको पहिचान गरि कारवाहिका लागि सम्बन्धित सरोकारबालाको प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराईएको छ । संचार,एम्बुलेन्स तथा मानव अधिकारकर्मीको नाममा केहि तत्वबाट सवारी साधनको गलत प्रयोग भईरहेकोले तत्काल यसतर्फ सचेत हुन आग्रह गर्दै पत्रकार र मानवअधिकारवादीको पहिचान खुल्ने कागजात तथा एम्बुलेन्समा वास्तव मै विरामी भएनभएको हेरि निर्वाध रुपमा आवत जावत गर्न दिन र मानिसको बाच्न पाउने अधिकारको समेत हनन नगरिदिन सरोकारवाला विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ ।सो सन्जालमा अजयकुमार साह (इन्सेक महोत्तरी) ,मदन कुमार झा (मानव अधिकार संरक्षण केन्द्र महोत्तरी),राज किशोर झा (मानव अधिकार तथा शान्ति समाज महोत्तरी), राकेश प्रसाद चौधरी (नागरीक समाज संजाल महोत्तरी), दिपिका साह (नेपाल पत्रकार महासंघ महोत्तरी), नागेन्द्र कर्ण (थर्ड एलान्स महोत्तरी),सबिता कुमारी (सामुदायिक, विकास तथा महिला अधिकार मंच महोत्तरी), विकरु यादव (कानुन व्यवासयी),घनश्याम भगत (एफएम रेडियो संजाल महोत्तरी) र रंजन भण्डारी (संजाल सदस्य सचिव) लगायतका रहेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्