तेल काठमाडौं पठाउने चार मोटरसाईकल जलाईए
Advertise Here Book Now
८ मंसिर- सीमापारीबाट डिजेल तथा पेट्रोल ल्याएर राजधानी पठाउन लागेको भन्दै प्रदर्शनकारीले सोमबार राति ढल्केवरमा चार वटा मोटरसाइकलमा आगजनी गरी ध्वस्त बनाएका छन् । राजमार्गमा सवारी स्कर्टिङ अवरुद्ध पार्न रातिको समय ढल्केवर चोकमा धर्ना बसिरहेका आन्दोलनकारीले ग्यालनमा इन्धन राखेर बर्दिवासतर्फ गइरहेका ती मोटरसाइकलहरु जलाएको हो । ढल्केवर चोक आसपास क्षेत्रमा रातभर जलाइएका चार वटा मोटरसाइकलका अवशेष प्रहरीले मंगलबार बिहान संकलन गरेर लगेको छ । सोमबार दिउंसैदेखि पूर्वपश्चिम राजमार्गको ढल्केवर चोकमा धर्ना बसिरहेका आन्दोलनकारीले राति स्कर्टिङ गरी ल्याइएका करिब ५० वटा यात्रुबाहक बस र मालबाहक ट्रकमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । बीच सडकमै धर्ना बसेका आन्दोलनकारीलाई लखेटेर प्रहरीले सवारी स्कर्टिङ गरेपछि गुडिरहेकै गाडीमा आन्दोलनकारीले ढुंगा हानेर सीसा फुटालेका छन् । गुडिरहेको गाडीमा आक्रमण गर्ने आन्दोलनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी लागेर संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष चन्देश्वर महतो र जिल्ला सदस्य हरिनारायण यादवलगायत मोर्चाका करिब एक दर्जन कार्यकर्ता घाइते भएका छन् ।