मधेसमा भारतबाट हतियार भित्रन थाल्यो, छिट्टै सेना गठन गर्ने तयारी
Advertise Here Book Now



काठमाण्डु, ११ मंसिर–तराईमा आन्दोलनरत एक समूहले ‘मधेस रक्षा बाहिनी’ नामक सैन्य दस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ । जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृहमन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख छ ।



सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहा कब्जा जमाउन लागिएको छ । ती क्षेत्रमा रहेका सरकारी कार्यालयमा सो समूहले ‘नेपाल सरकार’ मेटेर ‘मधेस सरकार’ राख्न थालिसकेको छ । राजमार्गदेखि सीमासम्मका अधिकांश साना प्रहरी चौकी विस्थापित भइसकेका छन् ।





सुरक्षा निकाय सरकारी कार्यलयको सुरक्षा र राजमार्ग खुलाउनमा मात्र सक्रिय रहेको मौका छोपी सो क्षेत्रमा तस्करी बढाइएको छ । हतियारसमेत भारतबाट भित्रन थालेको गुप्तचर रिपोर्टमा उल्लेख छ ।
–नयाँ पत्रिकाबाट

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्