वीरगन्जमा आन्दोलनकारीको बीचमा सादा पोसाकका प्रहरी
Advertise Here Book Now

वीरगन्ज–वीरगन्जमा आन्दोलनकारीको बीचमा मिसिएर सादा पोसाकका प्रहरीले ढुंगामुढा गरिरहेको खुलेको छ । आइतबार बीरगञ्जमा प्रहरी र आन्दोनकारीबीच भएको झडपका क्रममा बर्दीवाला प्रहरीद्वारा सादा पोसाकका प्रहरी कुटिएपछि उक्त घटनाको खुलासा भएको थियो । आन्दोलनकारीका अनुसार प्रहरीसँग झडप भइरहँदा आन्दोलनकारीको बीचमा प्रहरी लुकेर बसेका थिए । आन्दोनकारीले ढुंगामुढा शुरु गरेपछि त्यही बीचमा रहेका सादा पोसाकका प्रहरीले पनि ढुंगामुढा शुरु गरेका थिए । तर, त्यसको केही बेरमा नै सादा पोसाकमा रहेका दुई प्रहरीले दुई जना आन्दोलनकारीलाई पक्रेर घण्टाघर चोकस्थित प्रहरी बिटमा लैजान खोजेका थिए । प्रहरी बिटमा लैजाने क्रममा बर्दीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना जवानले नचिनेर सादा पोसाकमा रहेका दुई प्रहरी र दुई जना आन्दोलनकारीलाई नै हातपात गरेका थिए । दुई जना सादा पोसाकका प्रहरीको परिचय हालसम्म खुलाइएको छैन भने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । यसबारे प्रनानी सागर राणालाई बुझ्दा उनले आन्दोलनमा माथिको आदेश अनुसार सादा पोसाकको प्रहरी खटिएको स्वीकार गरे । यद्यपि, उनले प्रहरीले ढुंगामुढा नगरेको दाबी गरे । ‘हामीले ढुंगा हान्ने आन्दोलनकारीलाई पक्रन सादा पोसाकका प्रहरीलाई आन्दोलनकारीको बीचमा खटाएका हौं,’ उनले भने । समाचार तया पार्दासम्म वीरगञ्जमा तनाव कायमै रहेको छ । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्