जानकी मन्दिरलाई गंगाजलले शुद्धिकरण गरियो
Advertise Here Book Now

जनकपुरधाम, २ पुस । मधेश अधिकार संघर्ष समिति (मास)ले जानकी मन्दिरलाई शुद्धिकरण गरेको छ । बुधबार विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउँदा झडप भएको थियो । झडपमा सयौंभन्दा बढी श्रद्धालुसहित प्रदर्शनकारी घाइते भएका थिए ।
मासले हत्यारा सरकारका राष्ट्रपति पवित्र मन्दिरमा पसेर अपवित्र गरेको भन्दै गंगाजल मन्दिर परिसरभरि छर्केर शुद्ध गरेको मासले जनाएको छ । ‘जानकी माता हाम्रो रक्षा गरुन , पापी पापिनिहरूको विनाश गरुन’ भन्दै दर्शनको नाममा जनकपुरबासी लगायत श्रद्धालु भक्तगणहरु माथी राज्यले गरेको दमनको भर्त्सना गरेको छ । राज्यका राष्ट्रपति लगायत सत्ताधारी दल तथा सुरक्षा निकायको मिलोमतोमा विवाहपञ्चमी पर्वलाइ विथोली रणभूमिमा परिणत गर्ने व्यक्ति तथा धर्म संस्कृतिसंग खेलबाड गर्ने ब्यक्तिहरुलाई माता जानकीले कहिले पनि कल्याण नगर्ने मासले जनाएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्