वाल हत्या बन्द गर्न भन्दै प्रहरीलाई फुल दिएर खुटटा ढोगे छात्रछात्राहरुले
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर,मंसिर १७ गते ।
महोत्तरीमा निजी विद्यालयका छात्र छात्राहरुले विहिवार सांग्लो निमार्ण गर्दै प्रहरीलाई फुल दिई उनीहरुको खुटटा ढोगेर वाल हत्या नगरिदिन निवेदन गरेका छन ।
मधेशमा जारी आन्दोलनमा महोत्तरी लगायत मधेशका विभिन्न जिल्लाहरुमा स्कुले वालवालिकाहरुको टाउको र छातीमा प्रहरीले गोली मारी हत्या गरेकोमा त्यसो नगरिदिन वालवालिकाले प्रहरीलाई शान्त भईदिन आग्रह गरेका छन ।मधेशको मांग अविलम्ब पुरा गरि विद्यार्थीलाई पढने लेख्ने वातावरण निर्माण,वाल हत्या वन्द गर,विद्यालयलाई शान्ति क्षेत्र स्थापना गर लगायतका विभिन्न प्लेकार्र्डका साथ सांग्लो निर्माण गर्दै छात्रछात्राले महोत्तरीको जलेश्वर,एकडारा, पडौल,बनौटा,मटिहानी,औरही,रामगोपालपुर,गौशाला ,सोनामाई लगायत अधिकांश विद्यालयका वालवालिकाहरु सांग्लोमा सहभागी भएका थिए । बिहान १० बजे देखि सुरु भएको सांग्लो ११ बजे सम्म रहेको थियो भने केहि एकडारा लगायतका स्थानमा विहान ८ बजे देखि नै छात्रछात्राहरु सांग्लोमा बसेका थिए । सांग्लोमा सयौ विद्यालयका हजारौ छात्रछात्राहरुको सहभागिता रहेको थियो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्