वडा मंच गठन गरेका सम्पूर्ण कागजातमा आगजनी
Advertise Here Book Now

फिरोज शेख लहान , पौष १४ – 


आज सिरहाको भवानीपुर गाविसमा एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताहरु मिलि एकलौटी रुपमा नागरिक वडा मंच गठन गर्न खोज्दा मोर्चा का कार्यकर्ताहरुले अवरोध गरेका छन I भवानीपुर गाविसका समाजिक परिचालक लक्ष्मन राम लाई मोर्चाका कार्यकर्ताले अहिले मधेश आन्दोलनको क्रममा नागरिक वडा मंच गठन गर्नु मधेश विरोधी भएको भन्दै अहिलेको अवस्थामा वडा मंच गठन गर्नु उचित नरहेको भनि आग्रह गर्दा एक छिनको लागि उक्त गठन कार्यक्रम रोकिएको थियो i त्यस पस्चात मोर्चाका कार्यकर्ताहरु त्यहा बाट गैसकेपछि पुन्ह एमाले तथा कांग्रेसका नेता तथा कार्यकर्ताहरु वडा मंच गठन गरिरहेको समयमा तमलोपा क्षेत्र न.१ का क्षेत्रीय अध्यक्ष मोहमद गुलाब राइनको नेतृत्वमा गएको १५/२० जना मोर्चाका कार्यकर्ताहरुले वडा मंच गठन गरेका सम्पूर्ण कागजातहरु च्यातेर आगजनी गरेको तमलोपाका सिरहा जिल्ला सचिव राकेश झाले मधेश स्पेशल डटकम लाई जानकारी गराएका छन् i

मोर्चाले दुई साता अघि मधेश आन्दोलनको समयमा कुनै पनि गाविसमा नागरिक वडा मंच गठन नगर्न प्रेसविज्ञप्ति जारि गरि सकेकोले यस्तो कार्य गरि मधेश आन्दोलनको क्रममा रहेको मधेशी जनसमुदायको धेर्यताको बाध न तोडन र यस्तो मधेश विरोधी कार्यहरु तुरुन्त रोकिएन भने यस्तो कार्यमा लाग्ने एमाले तथा कांग्रेसका कार्यकर्ताहरुलाई मोर्चाले निर्णय गरे अनुसार कडा कारवाहीहुने झा ले जनाएका छन् i

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्