सिरहाको महिसोथामा आगलागी
Advertise Here Book Now



पुस, १५ सिरहा/सिरहाको महिसोथामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सिरहा नगरपालिका ७ महिसोथामा वुधवार विहान भएको आगलागीमा घुरन मुखियाको फुसको घर जलेर पूर्ण रुपले नष्ट भएको वडा प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लामखुट्टे धपाउन बालेको घुरबाट गाईगोठमा आगलागी भएको हो । आगलागीमा दुई वटा चौपाया गम्भीर घाईते भएको छ । आगलागी स्थानीयले एक घण्टाको प्रयासमा नियन्त्रणमा लिएपछि गाउँका अन्य घरहरुमा आगलागी हुनबाट बचेको प्रहरी नायव निरिक्षक शिवनारायाण यादवले बताए । आगलागीमा मुखियाको २ लाख भन्दा वढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसंधानले जनाएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्