सुरक्षा संवेदनशीलतामा जोड
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ६/अपराध र हिंसा न्यूनीकरणतथा रोकथामका लागि सञ्चारकर्मीले उत्पादन गर्ने सञ्चार सामग्रीमा संवेदनशीलता आवश्यक रहेको औंल्याइएको छ । नेपाल पत्रकार महासंघ बाँकेले सशस्त्र हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनासँगको सहकार्यमा आइतबार नेपालगन्जका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । सञ्चारकर्मीहरु बीच अपराध र हिंसा न्यूनीकरण तथा रोकथामका लागि भूमिका खोज्दै गरिएको अन्तरक्रियाका सहभागी पत्रकारहरुले सुरक्षा निकायबाट गरिएका खोजी, अनुसन्धानका विषयलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षणगराए । कार्यक्रमका प्रमुख अतिथि, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेले अपराध र हिंसा न्यूनीकरण साझा दायित्व भएको बताए । सञ्चार सामाग्री उत्पादनमा सुरक्षा संवेदनशीलता आवश्यक रहेको भन्दै गैरेले दण्डहीनताक अन्त्यका लागि सबैको भूमिका उत्तिकै रहने धारणा राखे । बाँकेका प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकले अपराध र हिंसा न्यूनीकरणका लागि सूचना महत्वपूर्ण औंजार भएको भन्दै सञ्चारमाध्यमले गर्ने अपराध सम्बन्धी खोज अनुसन्धानले राज्यलाई ठूलो सहयोग पुर्याउने गरेको बताए । यूएनडिपीको सशस्त्र हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा ससबलीकरण परियोजनाका सतिश पाण्डेले हिंसा न्यूनीकरणमा सञ्चारमाध्यमहरुको भूमिकालाई नजिकबाट खोजिएको बताए । कार्यक्रममा भेरी अञ्चल प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्यातले प्रहरीलाई नागरिक केन्द्रित बनाउने सवालमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै समुदाय स्तरमा अपराध र हिंसा न्यूनीकरणका लागि प्रभावकारी भूमिकाको अपेक्षा गरे । वरिष्ठ प्रहरी उपरीक्षक बस्न्यातले प्रहरीले साइबर क्राइमको अनुसन्धानलाई विज्ञ सहित स्थानीय स्तरमा विकेन्द्रित गर्न लागेको जानकारी पनि दिए ।पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष हेमन्त कर्माचार्य, निरज गौतम, पूर्व केन्द्रीय सदस्य मो. हारुन पत्रकार शरण कर्माचार्य, भिम रावत प्रेस यूनियनका अध्यक्ष जयनारायण शाह, अमृता केसी, पूर्व केन्द्रीय सदस्य मो. हारुन, सम्पादक प्रकाशक समाजका अध्यक्ष शिव डोटेल, सञ्चारिका समूहका क्षेत्रीय अध्यक्ष रुपा गहतराज लगायतले आफ्नो धारणा राखेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्