भारतस्थित अस्ट्रेलियन हाई कमिसनमा नेपालीमाथि विभेद भएको भन्दैं नेपालबाटै भिसा दिन माग
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर २४/अस्ट्रेलियाका नेपाली समुदायले नेपाली भिसा आवेदकलाई नेपालस्थित अस्ट्रेलियन दूतावासबाटै भिसा दिने व्यवस्था मिलाउन माग गरेका छन् । नेपाली समूदायका अगुवाहरुको एक टोलीले राजधानी क्यानबेरास्थित संसद भवनमा विपक्षी लेबर पार्टीको शीर्ष नेतृत्वसँग भेट गरी यस्तो माग गरेका हुन् । भारतस्थित अस्ट्रेलियन हाई कमिसनका कर्मचारीले नेपाली भिसा आवेदनमाथि विभेद गर्ने गरेकाले नेपालस्थित अस्ट्रेलियन दुतावासबाटै भिसा दिन माग गरेको उनीहरुले बताएका छन् । नेपाली समुदायका अगुवा र विपक्षी लेबर पार्टीको शीर्ष नेतृत्वसँगको भेटलाई नियमित भनिएको छ । नेपाल र अस्ट्रेलियाको समसामयिक विषयमा छलफल गर्न आयोजित यो भेटघाटमा सहभागि टोलीले छायाँ विदेशमन्त्री एवं लेबर पार्टीकी उपनेता तानिया पेलिभार्सेक, छायाँ अर्थमन्त्री क्रिस बवेन, छायाँ अध्यागमन मन्त्री रिचार्ड मार्लेस, छायाँ नागरिकता तथा साना उद्योग मन्त्री मिसेल रोलाड, सिनेटर स्याम दास्तयारी, एमपी जुली ओन्ससँग भेटघाट गरेको थियो । यसक्रममा नेपाली टोलीले भिजिटर, नेपाली अभिभावक र अस्ट्रेलियमा विद्यार्थीको रुपमा आएर सम्बन्ध विच्छेद भएका विद्यार्थीहरुको भिसा प्रक्रिया सहज गर्न माग गरिएको सहभागि एनआरएन अस्ट्रेलिाका पूर्व अध्यक्ष गोवा कटुवालले नेपालीपत्रलाई जानकारी दिए । भेटघाटमा भूकम्पको बेलामा अष्ट्रेलिया सरकारले नेपालमा गरेको सहयोगका निम्ति आभार व्यक्त गरिएको थियो । यसैगरी, पुननिर्माणमा समेत अष्ट्रेलियाको महत्वपूर्ण सहयोग हुनुपर्ने आग्रह गरिएको कटुवालले बताए । टोलीले हाल देशमा भारतीय अघोषित नाकाबन्दीका कारण मानवीय संकट आउन लागेको भन्दै यसमा अन्तर्राष्ट्रिय समुदाय चुप लागेर बस्न नहुने बताएको थियो । टोलीमा एनआरएनका पूर्व अध्यक्षहरु गोबा कटुवाल, महेन्द्र ओली, गणेश केसी, एनआरएन आईसीसी सदस्य भूमादेवी लिम्बु, भरत पन्त, प्रेम सापकोटा, कृष्ण गिरी लगायतको सहभागिता थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्