लहानमा मैथिलीभाषामा प्रथम पटक बक्तृत्वकला सम्पन्न
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम मंसिर २५/हृदयनारायण यादब दिनेश रशिया लहान, सिरहा । लहानमा आज प्रथम पटक मैथिलीभाषामा हम आ हमर पहिचान शिर्षकमा बक्तुत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मिथिला स्टुडेन्ट युनियन नेपालद्धारा लहानकै मदरल्यान्ड बोर्डिङ् स्कुलमा सम्पन्न प्रतियोगितामा स्कूलभित्रकै विद्याथीहरु सहभागी भएका थिए । दिनेश रसियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि अर्जुनप्रसाद गुप्ता दर्दिला तथा अतिथिमा फिरोज शेख रहेका थिए । कक्षा ६ देखी कक्षा १० सम्मका १६ जना छात्र छात्रालेले भाग लिएको उक्त प्रतियोतिामा प्रथम, द्धितीय र तृतीय क्रमशः लाला साह, यसराज अग्रवाल र ममता साह भएका छन । एक डेग मिथिलाक बिकासक लेल नाराका साथ अगाडी बढेका मिथिला स्टुडेन्ट युनियनले प्रत्येक विद्यालयमा पुगी यसता कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्ष दिनेश रसियाले जानकारी दिएका छन । कार्यकै अवधि भरि तेजुमैथिलको मधुर स्वरमा गीतहरु गुन्जिएका थिए भने
हृदयनारायण, गायत्री सिंह, अर्जुनप्रसाद गुप्ता दर्दिला, गजेन्द्र गजुर लगायतका कवि तथा रचनाकारहरुको रचना, गीत , चुटकिला आदि प्रस्तुत गरिएका थिए । कार्यक्रमको उदभोषन हृदयनारायन यादबले गरेका थिए ।



Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्