सिरहामा हातीको आक्रमणबाट एक युवक गम्भिर
Advertise Here Book Now

Image result for photo of elephantऑनलाइन सिरहा डटकम /राम नारायण पंडित, सिरहा, २६ मंसिर ।सिरहाको बरहरामाल ३ बन्दिपुरमा जंगली हातीको आक्रामणबाट एक युवक गम्भिर घाइते भएको छ । घाइते हुनेमा कर्जन्हा ५ हथलेटबा बस्ने अन्दाजी २५ बर्षीय दुर्गेश यादब रहेको छ । हथलेटबाबाट आफ्नो बहिनीको घर बन्दिपुर गएको यादब गएराती घरबाट बाहिर पिसाब फेर्न निस्केको समयमा आकस्मात ३ वटा  हाती समुहमा आएर आक्रमण गरेको बताइएको छ । हातीको आक्रमणबाट गम्भिर घाइते भएका यादबको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बाहिर रेफर गरिएको छ । सिरहामा केहि दिनयता हाती लगातार आक्रमण गरिरहेकोले चुरे किनारका वासिन्दाहरु त्रसित भएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्