मोर्चासंग आज त्रिपक्षीय वार्ता सरकार लचिलो भए निर्णयक वार्ता हुने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर २७/मधेसी मोर्चा र प्रमुख दलहरुको वार्ता आज आइतबार हुने भएको छ । आइतबार दिउसो १ बजे सिंहदरवारमा हुने वार्तामा कंग्रेस, एमाले, एकिकृत माओवादी र मधेसी मोर्चा सहभागी हुने छन । आजको बैठकमा मध्यमार्गी उपाए निकाल्नेबारे छलफल हुने नेताहरुले बताएका छन् । यस अघि मोर्चासंग भएका वार्तामा मोर्चाले आफ्ना ११ बुँदे मागवारे ठोस धारणा बनाएरमात्र वाताए मिति तय गर्न भनेका थिए । मोर्चाले भने बमोजिम तीन दलले मुख्य बिबादित प्रदेश सिमाङकन हेरफेर राजनीतिक समिति बनाएर तीन महिनामा टुङ्गो लगाउन प्रस्ताव गरेपनि मोर्चाले अश्विकार गरेको थियो । प्रमुख तीन दलले यस अघि बिहिबार मोर्चासंग वार्ता गरेका थिए वार्तामा भुकम्पपछिको पुनःनिर्माण बिधेयक अघि बढाउन मधेसी मोर्चाले सहमति जनाएको थियो । समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणमा भने दलहरुबीच लगभग सहमति जुटिसकेको छ । सरकारी टोली तथा प्रमुख दलहरुले लचकता अपनाएको खण्डमा वार्ता सफल हुने मोर्चाको धारणा छ । आइतबार एक पत्रिकालाइ अन्तर्वार्ता दिदै तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भनेका ‘सरकार लचिलो भइदियोस हामी तयार छौ’ भनेका छन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्