जहाजबाट रिचार्ज कार्ड ल्याउने टेलिकमका तयारि
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम op मंसिर २९/भारतको नाकाबन्दी र तराई–मधेशमा जारी आन्दोलनका कारण स्थलमार्गबाट रिचार्ज कार्ड ल्याउन नसकेपछि नेपाल टेलिकमले हवाइजहाजबाट ल्याउन सुरु गरेको छ । टेलिकमले भारतमा छापिने रिचार्ज कार्ड नेपाल वायु सेवा निगमको हवाइजहाजबाट ल्याउन थालेको हो । कम्पनीले यसै सातादेखि हवाई मार्गबाट रिचार्ज कार्ड ल्याउन सुरु गरेको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आर्चायले जानकारी दिए । टेलिकमले कुल १ करोड ६० लाख थान रिचार्ज कार्ड हवाई मार्गबाट ल्याउने लागेको नयाँ पत्रिकामा खबर छ। यसका लागि रिचार्ज कार्ड उत्पादक र वायु सेवा निगमसँग सम्झौता भइसकेको उनले बताए । दुई खेप गरेर यो सातासम्म ५४ लाख थान रिचार्ज कार्ड हवाई मार्गबाट नेपाल ल्याइपुर्याएका छौँ । उनले भने अब बाँकी १ करोड ६ थान रिचार्ज कार्ड पनि १२ साताभित्रै नेपाल आइपुग्नेछ । रिचार्ज कार्ड आपूर्ति सहज बनाउन स्थलमार्गको विकल्प खोजिएको उनको भनाई छ । सीमामा भएको अवरोधका कारण स्थलमार्गबाट रिचार्ज कार्ड ल्याउन सम्भव भएन उनले भने त्यसैले हवाई मार्गबाट रिचार्ज कार्ड ल्याउन थालेका हौँ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्