कटुतापूर्ण सम्बन्धमा काग्रेस–मधेसी मोर्चा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पौष १/ लगातार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेस विरोधीको रुपमा चित्रित गर्दै आएको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारबाट हट्ने वित्तकै काग्रेससँग निकट आएको थियो । यसको परिणाम हुन सक्छ । संविधानसभा बाहिस्कार गरेर आन्दोलनमा गएको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रधानमन्त्री निर्वाचनमा नेपाली काग्रेसको गठबन्धनमा उभिएर मतदान गर्यो । त्यसपछि पनि मोर्चाले काग्रेस विनाको बार्तामा नबस्ने भन्दै कैयौ पटक बार्ता बहिस्कार समेत गर्यो । यी सबै घटनाक्रमहरुले काग्रेस र मधेसी मोर्चावीचको सम्बन्ध माधुर्यता रहेको पुष्टि गर्छ ।
तर हिजो जसरी काग्रेसको दवावमा मोर्चाले अस्विकार गर्दै आएको संविधान संसोधन विद्येयक संसदमा अगाडि बढाईयो यसले दुई भित्रहरुवीच कटुता उत्पन्न गरेको छ ।
मधेसी मोर्चा काग्रेससँग मिलेर केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्ने र समस्या समाधानको लागि काग्रेसलाई साथ दिने आन्तरिक निष्कर्समा पुगिसेको बेला विद्येयक प्रस्तुत भएपछि मोर्चा पुरै रुष्ट बन्न पुगेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काग्रेसले धोका दिएको आरोप लगाए ।
उनले आफूहरु अब नयाँ किसिमबाट अघि बढ्ने योजनामा रहेको सुनाउँदै अब आन्दोलनलाई अगाडि बढाउने चेतावनी दिए ।
उनले भने,‘प्राधिकरण विद्येयक पास गर्ने पक्षमा हामी पनि छौ । हामीले काग्रेसलाई विश्वास गरेका थियौ । प्रधानमन्त्री निर्वाचनमा गठबन्धन बनायौ । अहिलेको संविधान संसोधन विद्येयकले समस्या समाधान गर्दैन भन्दा भन्दै प्रक्रिया अगाडि बढायो । अब हामी यो विद्येयक पास पनि गर्न दिन्नौ आन्दोलन पनि गर्छौ । यसैवीच विद्येयक पास गराउने विषयमा काग्रेसले भने मधेसी मोर्चासँग सहमतिकोलागि छलफल गर्ने भएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्