तोहर नजर कहिआ परतौ ?, सुभाषचन्द्र बोस नै जन्मिनुपर्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, १७ मंसिर । हामी शान्तिपूर्ण आन्दोलनबाट नै मधेश र मधेशीको मुक्ति खोजेका छौं । माओवादीले दश हजार जनता मारे । श्रीलंकामा गुरिला युद्धमा हजारौं मरे । अन्तमा शान्तिपूर्ण आन्दोलनमै आएर टुंगो लागेको छ । सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आज लहानमा आयोजित पत्रकार सम्मेलन बताउंदै भारत अजादीमा सुभाषचन्द बोस जन्मियो । मधेश मुक्तिको लागि पनि कोई सुभाषचन्द्र बोस जन्मिनुपर्ने नै हो भने मधेशी जनता तयार रहेको उहां महतोले बताउंनुभयो । महतोले अहिले जुन ठाउंमा जान्छु मधेशी जनताले बन्दुक माग गरिरहेको छ । तर, हामी शान्तिपूर्ण आन्दोलनमा विश्वास लिएका छौं । लाखौं जनता उतारेर नै मुक्ति लिने दावी गर्दै यसमा जसको विश्वास भरोसा उठिसकेको छ तिनीहरुले बन्दुक उठाए हुन्छ । त्यस अवस्थाको जिम्मेवारी नेपाल सरकार हुन्छ महतोले बताउंनुभयो । महतोले पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेको हो । मधेशी जनआन्दोलनले सम्पूर्ण रुपमा नेपाल राष्ट्र निर्माण प्रक्रिया थालिएको हो । यसमा मधेशी, जनजाती, थारु, दलित, मुस्लिम, खसबाहुन क्षेत्री, महिलाको भावना एकीकरण गर्नुपर्छ उहांले बताउंनुभयो । अढाई सय बर्षदेखि एक तिहाईले सत्ताशासन चलाउंदै दूई तिहाई भन्दाबढीलाई शोषण दमन गर्दै महाखोक्रो राष्ट्रियताको वहानाबाजी गरिरहेको आरोप लगाउंदै अध्यक्ष महतोले खसवादीहरुको दिमाग अझै पनि ठेगानामा आएको छैन् । उनीहरु नश्लवादी सोचमा डुबेर एउटै समुदायका कोईराला, दहाल, ओली मिलेर नेपालको बाहुन संविधान बनाएको छ । यसैले यो देशका सबै जातजाती मूलधारमा अयोस् भनी यो आन्दोलन भइरहेको उहां महतोले बताउंनुभयो । कांग्रेस, एमाले र माओवादीले मधेश मैत्री संविधान बनाउंने भनी मधेशी जनताबाट भोट लिएको छ । तर, जनताको अधिकार र पहिचानसहित संविधान नदिएकोले आज मधेशीहरु लाठी लिएर सडकमा आएको छ । प्रधानमन्त्री केपी ओली उल्लु हो, उल्लुले दिनमा देख्दैन् अनी लाखौं सांगलो प्रदर्शनलाई माखे सांगलो भन्ने गरेको उहां महतोले बताउंनुभयो । सोही प्रकृतिको काठमाण्डौंका मिडियाहरु छन् । मधेशीले ७० प्रतिशत नाकाबन्दी गर्न सफल भएको छ । तर भारतको नाममा नाकाबन्दीको समाचार लेख्ने गरेको आरोप लगाउंदै महतोले पहाडमा महाभूकम्पको संकट पर्दा तीन दिनमै मधेशबाट राहत पठाइएको थियो । अहिले मधेशमा साढे तीन महिनादेखि संकट परेको छ । यस्तो संकट परेको बेला पहाडका जनताले मधेशलाई कहिले सहयोग गर्ने त ? तोहर नजर कहिआ परतौ ? मधेशको समस्या अब पहाडले नै समाधान गर्ने समय आएको उहां महतोले बताउंनुभयो । हामीलाई झापादेखि कंचनपुरसम्मको मधेश थरुहट स्वायत्त प्रदेश चाहिएको छ । कांग्रेस, एमाले र माओवादी एकआपसमा छलफल गरेर वार्ता बोलाउंनुस् अनि मात्रै वार्ता सार्थक हुने भन्दै महतोले खुद्रा संशोधनको कुरा नगर्नुस् हामीले एघार बुंदे संशोधन प्रस्तावन सार्वजनिक गरिरसकेका छौं । सोही अनुरुप कुरा अगाडि बढाए मात्रै वार्ता हुने उहां महतोले बताउंनुभयो । लहानमा पत्रकार सम्मेलन गरी अध्यक्ष महतो सिरहाको चोहर्वा लक्ष्मीनियां स्थित कार्यकर्ता भेटघाटको लागि प्रस्थान गर्नुभएका छन् भने आजै सर्लाहीको नवलपुरमा मोर्चाको कार्यक्रममा सहभागी हुने भएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्