तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी : पोखरेल
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर २४/नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी भएको बताएका छन् । बझाङ र बैतडी जिल्लाका कमिटी भेलाका लागि जाने क्रममा डडेल्धुरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेललले मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी भएको बताए । हामीले संविधान जारी गरेका हाैं तर कसैको केही बिगार गरेका होइनौँ भन्दै पोख्रेलले हामीले सविधान जारी गर्दा नाकाबन्दी गरेर नेपालीलाई दण्डित गर्ने काम गरेको आरोप लगाए । भारतको चाहनाअनुसार संविधान जारी नभएका कारणले उसले नाकाबन्दी गरेर दुःख दिएको आरोप लगाउँदै महासचिव पोख्रेलले भने, “हामीले आफ्नो स्वाभिमानका लागि संविधान जारी गर्दा अरूले टाउको दुखाउनुपर्ने र दुःख दिनुपर्ने कुनै कारण छैन ।” राष्ट्रिय एकता हुन जरुरी रहेको बताउँदै महासचिवले हामी बीचको एकता, राष्ट्रियता स्वाभिमान र सर्वपक्षीय समीकरण गरेर सबैले एकजुट भएर आगाडि जानुपर्नेमा जोड दिए । नाकामा सहजता ल्याउन छिमेकीसँगको सम्बन्ध सन्तुलित हुनुपर्ने महासचिव पोख्रेलले बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्