चलचित्र संघ गैरसमावेशि, मधेशी कलाकारहरु उपेक्षित
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम लहान, २९ मंसिर । नेपाल चलचित्र कलाकार संघको मंसिर २६ गते काठमाण्डौंमा भएको अधिवेशनमा समावेशी, समानुपातिक र जनसंख्याको आधारलाई मिच्दै एकलौटी पहाडेहरुको कार्यसमिति तयार गरेकोले मधेश मिडिया मिशन नेपाल घोर आपत्ती जनाएको छ । मधेश बन्दको मौका छोपी काठमाण्डौंका गैर कलाकारलाई सदस्यता दिई विस्तार गरेको छ भने बन्दकै बेला अधिवेशन गरि मधेशका कलाकारलाई उपेक्षा गरेको छ । अधिवेशनले समावेशीको आधारलाई ठाडो चुनौती दिंदै एकलौटी पहाडेहरुको कार्यसमिति गठन गरेकोले मिशनले यस्ता कार्यप्रति घोर आपत्ती जनाएको छ । मिशनले विधान संशोधनको आवाज उठाउंदै आएको र मधेशका कलाकारहरुलाई सदस्यता प्रदान गर्न पटक पटक माग गर्दै आएको थियो । काठमाण्डौं स्थित चलचित्रक्षेत्रमा काम गर्दै आएका राजकुमार साहले भने मधेशी कलाकारमाथी षड्यन्त्र भएको छ । यो लोकतन्त्रमा समावेशीलाई चुनौती दिंदै पहाडे चलचित्र संघ भएको हो, कद्दापी नेपाली चलचित्रको आधार नभएको उनी साह बताउंछन् । मधेश बन्द रहंदा काठमाण्डौंमा गरिएको संघको अधिवेशनमा मधेशी कलाकार सहभागी हुन् सकेन् । मधेशी कलाकारहरुले अधिवेशनको मिति अगाडि सार्न आग्रह गरेका थिए । तर, मधेशी कलाकारलाई उपेक्षा गरी समावेशीको आधार नै बन्द गरियो र मंसिर २६ गते एकलौटी पहाडेहरुको कार्यसमिति निर्माण गरेको छ । यसैबीच, गैरसमावेशि यस्ता संघको विरोधमा अर्को चलचित्र संघ गठन गर्ने तयारी समेत भइरहेको छ । त्यस संघमा पनि समावेशि गरेर अघि बढ्ने हो की होइन् ? व्यापक प्रश्न उठ्न थालेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्