गैर कानूनी तरिकाबाट पक्राउ गरिएको महेन्द्र यादवलाई अविलम्व रिहा गर्न आग्रह
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  पुष ५/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायतका राजनीतिकदलहरुले आफ्ना विभिन्न माग तथा दावीहरुलाई लिएर विगत चार महिना देखि अनिश्चितकालिन मधेस वन्द, आन्दोलन तथा प्रदर्शन गर्दै आएको अवस्थामा आज मिती २०७२ पौष ५ गते करिव दिउसो ३:०० वजेको समयमा संयुक्त मधेसी मोर्चाका संयोजक तथा संघीय समाजबादी फोरम रुपन्देहीका जिल्ला संयोजक महेन्द् यादवलाई सुनौली नाकामा शान्तिपूर्ण रुपमा धर्ना दिन खोज्दा नेपाल प्रहरीवाट गैर कानूनी तरिकावाट पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको थुनुवा कोठा न २ मा राखी अपराधी जस्तो व्यवहार गरी मानसिक यातना दिएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ |
यसरी प्रहरीले निजलाई वारम्वार पक्राउ गरी नेपलाको अन्तरिम संविधान २०६३ को भाग ३ को धारा न. १२ (३) को (क), (ख) र धारा न. २६ को वर्खिलाप, विश्वव्यापी मानव अधिकारको घोषणा पत्र १०४८ को वर्खिलाप र कानूनी शासनको समेत उपहास तथा घोर अनव अधिकार उल्लङ्घन भएको हाम्रो ठहर छ गैर कानूनी तरिकावाट पक्राउ गरिएका महेन्द्र यादवलाई अविलम्ब रिहा गरी विना कारण वारम्वार पक्राउ नगर्न समेत सम्वन्धित पक्ष संग हार्दिक आग्रह गर्दछु | साथै सयंमित भएर शान्तिपूर्ण तरिकाले आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न /गराउन समेत आन्दोलनरत पक्ष संग विनम्र आग्रह गर्दछु | शैलेन्द्र अम्बेडकर , क्षेत्रीय मानव अधिकार संयोजक

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्