मधेशको आन्दोलनलाई सम्बोधन गर्न नसक्ने व्यवहारले मधेशलाई झन चिढ्याएको छ : डा. कोइराला
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ६/नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले मधेश आन्दोलनलाई ठूला दलहरुले सम्बोधन गर्न नसक्ने व्यवहारले मधेशलाई झन् चिढ्याएको बताएका छन् । उनले मधेशप्रति दलहरु अनुदार भएकै कारण परिस्थिति बिग्रिदै गएको धारणा राखेका छन् । उनले मधेशको आन्दोलनलाई सामान्य रुपमा लिने हो भने सम्हाल्नै नसक्ने परिस्थिति सिर्जना हुनसक्ने दावी गरेका छन् । उनले मधेशलाई अधिकार दिन दलहरु डराउनु पर्ने कुनै कारण नभएको प्रष्ट पारे । समावेशी, समानुपातिक जस्ता विषय संविधान संशोधन प्रकृयामा रहे पनि प्रदेश सीमांकनमा प्रमुख दलहरु चुकेको इमेज एफएमले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्