जलेश्वरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष १३/महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएको छ । विहानदेखि दुई पटक ढुंगा हानाहान हुँदा दुर्गा चोकमा एक स्कुले बालकको टाउकोमा चोट लाग्दा ३ वटा टाका लगाउनु परेको छ । जलेश्वर ४ का शिवचन्द्र चौधरीका ११ वर्षीय छोरा अमित कुमार चौधरी एडभान्स स्कुलबाट फर्कने क्रममा राष्ट्रिय वाणिज्य बैंक तिरबाट फ्याकेको ढुगांले बच्चाको टाउको फुटेको हो । अन्य दिन भन्दा प्रहरीको उपस्थिति वढी रहेको दुर्गाचोकमा फेरि पनि अवस्था बिग्रन सक्ने देखिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा महोत्तरीले आइतवार नै प्रेस विज्ञप्ति जारी गर्दै सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरी दमनको विरुद्ध पुस १५ गतेसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्न आव्हान गरेपनि जलेश्वरका अधिकाँश विद्यालय भने विज्ञप्तिबारे जानकारी नभएको भन्दै विद्यालय संचालन गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्