लहानमा आज मैथिली भाषामा बक्तृत्वकला सम्पन्न
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश रसिया पुष १० लहान/लहानमा आज मैथिली भाषामा वक्तृत्वकला समपन्न भएको छ । एक डेग मिथिलाक विकासक लेल मुल नाराका साथ मिथिला स्टुडेन्ट युनियन नेपालद्वारा हम आ हमर पहिचान शिर्षकमा लहानकै न्यू मनोकामना एजुकेशनल एकेडमी मा सम्पन्न प्रतियोगितामा स्कूल भित्रैका १५ जना छात्र –छात्रा सहभागीता जनाएका थिए । विद्यालयमा पढाइ हुने अन्य विषयहरु जसतै मैथिली ििवषय पनि समावेश गर्नुपर्ने उद्देश्यका साथ गराइएको उक्त प्रतियोगितामा प्रथम, द्वित्य र तृतीय जयप्रकास यादब,कमलप्रसाद यादब तथा भागेश्वर यादब भएका थिए । दिनेश रसियाको अध्यक्षतामा तथा रविन्द्र उदासी को प्रमुख अथित्य र फिरोज शेखको अथितयमा सम्पन्न प्रतियोगितामा सहभागी सम्पूर्यालाई प्रमानपत्र तथा पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रम अवधिभरि तेजु मैथिलको गीत , आरती वि क को नृत्य तथा नारायन मधुशाला,हृदय सुमन, गजेन्द्र गजुर, धिरेन्द्र प्रमर्षिको कविता बाचन भएको थियो । कार्यक्रममा सहभागी उक्त विद्यालयको सहायक प्रन्सिपल आशिष साहले अब आउने वर्षदेखी विद्यालयमा ५० अङ्कको मैथिली भाषा पुस्तक प्र वि तहमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा रितेश मैथिल,सृजना गजमेर, अनिल महतो, जयकान्त मैथिल, गायत्री सिहं। नरेश बर्बिया, पत्रकार महेश सिह, जाबेद अली, सागर साह, रामदेब यादब, लगायतको उपस्थिति थियो भने कार्यक्रम संचालन अमरेश महतो तथा गजेन्द्र गजुरले गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्