एमाले सचिव योगेशले भने : सिंहदवारको जहाज मधेस क्षेत्रमा उडान नभर
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुस ४/ दिल्लीबाट सिंहदवार आइपुगेको मधेसी मोर्चाको जहाजलाई पुनः मधेस क्षेत्रमा उडान नभर्न नेकपा एमालेका सचिव योगेश भट्टराईले आग्रह गरेका छन् ।
मधेसी मोर्चाले सरकार गम्भिर नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेलगतै एमाले सचिव तथा प्रचारविभाग प्रमुख भट्टराईले मधेसी मोर्चाका मागहरु संवोधन गर्न थलो सिहदरवार भएकोले त्यहाँबाट नभाग्न आग्रह गरेका छन् । प्रेस चौतारी अन्चल भेलालाई सम्वोधन गर्दै भट्टराईले सिहदरवारबाट मधेसी मोर्चाले जहाज उडाए, दुर्घटनामा पर्ने ठोकुवा पनि गरे ।
हामी मोर्चाका साथीहरुलाई आग्रह गर्दछौ, तपाईहरु सिंहदरवारबाट मधेसतर्फ जहाज नउडाउनुहोस्, किनकी त्यहाँ दुर्घटना भन्दा अर्काे संम्भावना छैन, सचिव भट्टराईले भने तपाईहरुको जहाजले नेपाली जनतालाई निकै दुख दिइसक्यो ।
सचिव भट्टराईले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न कांग्रेसले मधेसको आन्दोलनमा ध्यू थपको जिकिर समेत गरे । हामी कांग्रेसलाई पनि आग्रह गर्न चाहान्छौ, मधेसमा आगो लगाउन राजधानीबाट ध्यू मधेसमा सप्लाही नगर यसको परिणाम कांग्रेसले पनि भोग्नु पर्दछ ।
भट्टराईले कांग्रेसको भूमिका संविधानको अपनत्व दिनेमा सकारात्मक नभएको जिकिर गर्दै त्यसले लोकतान्त्रिको रक्षामा समेत प्रभाव पार्ने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्