भित्र राष्ट्रपतिद्वारा पुजाआजा, बाहिर कालोझण्डा र पेट्रोल बम
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पौष १/विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्या भण्डारी बुधबार बिहान जनकपुर पुगिन् । राष्ट्रपति भण्डारी जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरमा पूजा अर्चना गर्न त्यहाँ पुगेकी हुन् ।
तर, भण्डारी जनकपुर जाने खबरसँगै तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरमा व्यापक विरोध प्रदर्शन गरे भने सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत हुन पुग्यो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास प्रहार समेत गरेको आन्दोलनकारीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पनि राष्ट्रपतिको जनकपुर आवागमनलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको र सो क्रममा अराजक गतिविधि गर्नेहरुलाई तितरवितर पार्ने क्रममा केहि बल प्रयोग भएको स्पष्ट पारेको छ ।
प्रहरीले प्रदर्शनकारीलाई बल प्रयोग गरेर तितर वितर पारेपछि आक्रोशित प्रदर्शनकारीले राष्ट्रपतिले जानकी मन्दिरमा पुजाआजा गरिरहँदा बाहिर कालोझण्डा प्रदर्शन गर्दै पेट्रोल बम समेत प्रहार गरेका छन् । यद्यपी कुनै अप्रिय घटना भने भएको छैन ।
राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत जनकपुर पुगेकी थिइन् भने हेलिकप्टरलाई अञ्चल प्रहरी कार्यालयको प्रांगणमा ल्याण्ड गरेर मध्यान्ह १२ बजे जानकी मन्दिर पुगेकी थिइन् । त्यहाँ झण्डै १४ मिनेट उनले पुजाआजामा समय खर्चिएकी थिइन् ।
मधेसी मोर्चाको तनावलाई छिचोल्दै पुजाआजा गरेर भण्डारी राजधानी फर्किसकेकी छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्