मोरङमा मोर्चा कार्यकर्ता माथि खुकुरी प्रहार, २५ जनाभन्दा बढी घाइते
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष १३/मोरंग जिल्लाको रंगेली रोडस्थित गोविन्दपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यक्रममा केही संख्यामा भिजिलान्तेहरु (पहाडी समुदायका युवाहरुको समूह) ले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट २५ जनाभन्दा बढी मधेशी मोर्चाका कार्यकर्ताहरु घाइते भएका छन् । घाइते मध्येका गोविन्दपुर ७ आमगाछी निवासी वच्चा मिया, ८० वर्षीय महारादा मिया, अनिल साह, गोरे सिंहको अवस्था चिन्ताजनक रहेका अस्पतालले जनाएको छ । घाइतेहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ भने अवस्था तनावग्रस्त रहेको छ । ठाउँ–ठाउँमा प्रदर्शनको साथै झडप भइरहेको पत्रकार पंकज दासले जानकारी दिएका छन् । गोविन्दपुर गाविसका मधेशी समुदायका मानिसहरु गाउँ छोडेर भाग्न बाध्य भएका छन् । सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादवका अनुसार पहाडी समुदायका युवाहरुले मधेशी समुदायका मानिसहरुमाथि कुखुरीले अन्धाधुन्ध प्रहार गरेका छन् । उनले करिब २५–३० जना घाइते भएका छन् भने सात जनाको अवस्था चिन्ताजनक रहेको मधेशवाणीलाई बताएका छन् । यादव अहिले विराटनगरको गोल्डेल अस्पतालमा घाइतेहरुको अवस्था बुझ्न पुगेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्