मोर्चाको बहुराष्ट्रिय राज्य एमालेलाई अस्विकार, बहुभाषिक नीतिमा भने समर्थन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर २२/नेकपा एमालेले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे माग जस्तो त्यस्तै संबोधन गर्न नसकिने स्पष्ट पारेको छ । चितवनमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा महासचिव ईश्वर पोख्रेलले पेश गरेको प्रतिवेदनमा मोर्चाको ११ बुँदे मध्येको बहुराष्ट्रिय राज्य घोषणा हुनु पर्ने मागलाई विखण्डनकारी माग भन्दै खारेज गरिदिएको छ । उसले बहुभाषिक नीतिलाई भने मान्न सकिने बताएको छ । भारत स्वतन्त्र भएपछि त्यहाँ पनि बंगाली, उर्दु र हिन्दी गरी तीन बहुराष्ट्रिय राज्य भनिएकोमा पछि पाकिस्तान र बंगलादेश टुक्रिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा मोर्चाको त्यस्तो माग पछि मुलुक विखण्डन गराउने चाल भिनएको छ । त्यसैगरी प्रतिवेदनमा मधेस २ प्रदेश र सेनामा समूहगत प्रवेशको माग पुरा गर्न नसकिने उल्लेख छ । अन्य माग मध्ये समानुपातिक समावेशी, बहुभाषिक नीति, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र विज्ञका सुझावका आधारमा सीमांकन गर्ने सकिन स्पष्ट उल्लेख छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्