५ दिन भित्र नाकाबन्दी खोल्ने गरी मधेसी मोर्चाभित्र छलफल सुरु
Advertise Here Book Now



काठमाडौँ, १४ पुष ।

अबको एक साता भित्रमा नाकाबन्दी हट्ने भएको छ । तराई मधेस लोकतान्तिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अबको ५ दिनपछि अर्थात पुष १९ गते बस्ने संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितको विषयमा छलफल हुने रहस्य सार्वजनिक गरेका छन् ।

मधेस आन्दोलनको सफल अवतरणको लागि ध्यानआर्कषित गर्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘ मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ ।

अहिले पुष १९ गते सम्मको कार्यक्रम चलिरहेको र त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुन सक्ने नेता ठाकुरले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्