मधेसी मोर्चाको बैठक वीरगञ्जमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष २/ आन्दोलन सहित भावी रणनीति तय गर्न मधेसी मोर्चाको बैठक आज बस्दैछ । मधेसी मोर्चाको असहमतिकाबीच संसदमा दुईवटा विधेयक पेस र एउटा पारित भएपछि त्यसविरुद्ध छलफल गर्न बैठक बस्न लागेको हो । वीरगञ्जमा बस्ने बैठकमा मोर्चाले आन्दोलनमा घट्दै गएको जनसमर्थन र भावी रणनीतिलाई केन्द्रित गरेर छलफल गर्नेछ । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले दलहरुले पेलेर जान खोजेकाले मोर्चाले गम्भीर समिक्षा गरेर आगामी कार्यक्रम तय गर्ने बताउनुभयो । उहाँले संसद बहिष्कार गरिसकेकाले यसअघिको कदम नसच्याएसम्म त्यो कायम राख्ने पनि बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्