तराई आन्दोलनमा प्रहरीले ज्यादतीको आरोप भ्रामकः महानिरीक्षक अर्याल
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ९/ नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्र कान्त अर्यालले तराई आन्दोलनमा प्रहरीले ज्यादती तथा बल प्रयोग गरेको भन्ने प्रचार भ्रामक भएको दावी गरेका छन । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले विहीवार दाङको घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाली जनताको जिउधनको सुरक्षाका लागि खटिएका प्रहरीको शान्ति सुरक्षा गर्ने र्कतव्य भएकाले सोही अनुरुप सुरक्षा दिएको बताए । साथै उनले तराई पहाड हिमाल जहाभएपनि प्रहरीले शान्ती सुरक्षा र जनताको जिउधनको रक्षार्थ कामगर्ने प्रस्ट पारे । ‘हामीले तराईको आन्दोलन होस वा पहाडको केही छुटाउदैनै प्रहरीको काम शान्ति सुरक्षा दिनेहो सोही अनुरुप नेपाल प्रहरी लागेको छ, हाम्रा लागि सवै नेपाली जनता समान हुन’ अर्यालले भने । साक्षात्कारमा अर्यालले आजको प्रहरी सेवा जनता प्रति उत्तरदायी हुनुको विकल्प नभएको भन्दै जनमैत्रि सेवा प्रवाह गर्ने बताए । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी महानिरिक्षक अर्यालले अपराध प्रबिधियुक्त बन्दै गएको बताउँदै प्रहरीे सामान्य चोरी देखी हत्या सम्मका अपराधमा प्रबिधि जोडिदै गएको जानकारी दिए । मदिरा सेवन गरेर हुने हिंसा देखी सूचना र प्रविधि सँग जोडिएर समेत अपराध हुने गरेको भन्दै त्यसलाई निर्मूल पार्न प्रहरी कटिबद्ध रहेको अर्यालले बताए । अपराध प्रविधि सँग जोडिएर हुन थालेपछि प्रहरीले पनि पश्चिम र पूर्ब क्षेत्रमा दुईवटा क्षेत्रिय विधि बिज्ञान प्रयोगशालाको स्थापना गर्न लागेको अर्यालले जानकारी दिए । समय क्रम अनुसार अपराधका तरिकाहरु पनि परिबर्तन हुदै गएको भन्दै अर्यालले त्यसलाई नियन्त्रण गर्न र नागरिकलाई सुरक्षा दिन प्रहरी तत्पर रहेको बताए । उनले नागरिक प्रतिको प्रहरी व्यवहारलाई पनि परिबर्तन गर्दै लैजाने जानकारी दिदै मुस्कान सहितको प्रहरी सेवामा खट्न प्रहरीलाई निर्देशन दिए । उनले पिडित नागरिकलाई न्याय दिन र पिडकलाई कानुनी दायरामा ल्याउन प्रहरी सधै क्रियाशिल रहेको दावी गरे । प्रहरीको गेटबाटै व्यवहारमा सुधार ल्याउने भन्दै उनले न्यायका लागि आउने नागरिकलाई न्याय दिन र पिडकलाई कार्वाही गर्न प्रहरीको स्थापना भएको बताए । पीडितको न्यायका लागि प्रहरी पहिलो खुटकीलो भएको भन्दै अर्यालले सबै प्रहरीहरुलाई पिडिको अनुभुती हुने गरि काममा खट्न आफुले निर्देशन दिएको समेत बताए । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशब अधिकारीले श–सस्त्र द्धन्द्धको समयमा ध्वस्त भएका ७ सय ६७ वटा प्रहरी भवनहरु मध्य मध्यपश्चिम क्षेत्रमा २ सय २४ वटामा क्षति पुगेको जानकारी दिदै ती मध्य अहिले सम्म ५० वटा भवन निर्माण भैसकेको र १० वटा निर्माणाधिन अबस्था रहेको बताए । दाङमा द्धन्द्धको समयमा २९ वटा प्रहरी भवन ध्वस्त भएकोमा अहिले सम्म ५ वटा पूनःनिर्माण भएको डिआईजी अधिकारीले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्