महतोको स्वास्थ्य लाभका लागि विशेष पुजा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष १४/सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य लाभका लागि विशेष पुजाको आयोजना गरिएको छ । मंगलबार राजविराजको शिव मन्दिरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आयोजना गरेको छ । विराटनगर नाकामा धर्ना दिइरहँदा महतोमाथि सुरक्षाकर्मीले लाठी प्रहार गरेका थिए । महतोसहित दर्जनौं कार्यकर्ताहरु घाइते भएका थिए । महतोको स्वास्थ्य अवस्था अहिलेसम्म पनि सामान्य हुन नसकेपछि उनलाई धरानस्थित अस्पतालमा उपचार भइरहेको छ । महतोको स्वास्थ्य अवस्थामा सुधार नआएपछि स्वास्थ्य लाभका लागि विशेष पुजाको आयोजना गरिएको मोर्चाले जनाएको छ । राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा ६ घन्टासम्म पुजा चल्नेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्