सर्लाहीको नवलपुरमा झडप,४ जनालाई गोली लाग्यो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १७/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधसभामा गोली चलेको छ । सर्लाहीको नवलपुरमा आयोजित विरोधसभामा करिब एक दर्जनभन्दा बढी राउण्ड गोली चलेको स्थानीय पत्रकारहरुले हुलाकी न्यूजलाई बताएका छन् । गोली कस्ले चलाएको भन्ने बारे अहिलेसम्म खुलेको छैन । गोलीबाट हाताहाति भएको बारे जानकारी प्राप्त भएको छैन । कार्यक्रममा सहभागी भारतीय टेलिभिजन आजतकका संवाददाता पंकज दासले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार मोर्चाको कार्यक्रमलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रम स्थलमा भागाभाग मचे पनि मोर्चाका नेताहरु नवलपुर मै रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्